TodayPati

काँग्रेस धनुषा जिल्ला अधिवेशन : सभापतिमा सन्तोष यादव जित्ने प्रवल सम्भावना !

टुडेपाटी-
जनकपुरधाम, फागुन २३ गते ।

नेपाली काँग्रेसको १४ औं धनुषा जिल्ला अधिवेशन सोमबार हुँदै छ । जिल्ला सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ ।

सभापतिमा धनुषा जिल्लाको बर्तमान उपसभापति सन्तोष यादव, संविधानसभा सदस्य दिनेश प्रसाद यादव प्रसैला र क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारको उम्मेदावी परेको छ ।

Sponsored

सन्तोष यादव संस्थापन पक्षका उम्मेदवार छन् भने इतर पक्ष शेखर कोइराला समूहबाट प्रसैला र बिमलेन्द्र निधि समूहबाट योगेन्द्र पजियार । जिल्ला सभापतिमा सबै पक्षले आ आफ्नो जित हुने दावी गरिरहेका ।छन् । यधपी मैदानमा सबै भन्दा बलिया र प्रभावशाली उम्मेदवार संस्थापन समूहका सन्तोष यादव नै देखिएका छन् । केन्द्र र प्रदेशमा जस्तै धनुषा जिल्लामा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवको जित्ने सम्भवाना प्रवल रहेको अकलन गरिएको छ ।

१३ औं अधिवेशनका बेला यादव जिल्ला सभापतिका उम्मेदवार थिए । तर, अन्तिम समयमा आएर विमलेन्द्र निधि, रामसरोज यादव, रामकृष्ण यादव, महेन्द्र यादव, स्मृतिनारायण चौधरी र आन्नद ढुङ्गानालगायत पार्टीका शीर्ष नेताहरुबीच भएको सहमतिमा उनी सभापतिको उम्मेदवारी फिर्ता लिएँर जिल्ला उपसभापतिमा चित्त बुझाएका थिए ।

त्यस बखत निधि र रामकृष्ण यादवको आश्वासनमा यादवले महेशशङ्ककर गिरीलाई सभापति पद छाडेका थिए । तर तिखेर भने विमलेन्द्र निधि र रामकृष्ण यादव आ–आफ्ना गुटबाट उम्मेदवार खडा गरेर प्रतिस्पर्धामा उतारेपछि उनीहरुको समूहका असन्तुष्टि चुएिको सतहमा चर्चा छ ।

Sponsored

पहिलो चरणकै निर्वाचनमा आफू भारी मतले विजयी हुने सन्तोषले दावी गरे ।

, हाम्रो प्यानल केन्द्र र प्रदेशमा बाजी मार्यो । जिल्लामा हाम्रो प्यानल शक्तिशाली छ । निधि र रामकृष्ण पक्षले विगतका प्रतिवद्धता बिर्सिदा मतदानको स्थिति सृजना भयो । यसले ती दुबै समूहमा व्यापक असन्तुष्टि छ, उम्मेदवार सन्तोष यादवले भने , म लामोसमयदेखि जिल्लामा पार्टीको लागि काम गरेको छु । सहानुभूति मत प्रसस्त छ । पहिलो चरणकै निर्वाचनमा म निर्वाचित हुन्छ भन्नेमा म विश्वस्त छु,

काँग्रेसलाई उचाइँमा पु¥याउन उम्मेदवारी दिएकाले आफूलाई भारी मतले पहिलो चरणमै विजय गराउन सबैमा आग्रह गरेका छन् ।
पहिलो चरणमा नभए दोस्रो चरणमा आफ्नो जित कसैले रोक्न नसक्ने उको दावी छ ।

शक्तिशाली मानिएका संस्थापन पक्षका सह महामन्त्री महेन्द्र यादव, केन्द्रिय सदस्यआनन्द ढुङ्गाना, स्मृतिनारायण चौधरी, समिर घिमिरेलगायत पार्टीका अधिकांश शीर्ष नेता सन्तोषको पक्षमा उभिएकाले उनको जित सुनिश्चित रहेको आँकलन गरिएको छ ।

प्रसैला र पजियार पक्षले पनि आ आफ्नो आधार प्रस्तुत गर्दै पहिलो चरणमो आफ्नो पक्षले जित्ने दावी गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *