TodayPati

युक्रेन छाडेर भाग्दै गरेका एकै परिवारका ३ जनाको रुसको आक्रमणमा मृत्यु

एजेन्सी-
जनकपुरधाम, फागुन २३ गते ।

रुसले युक्रेनमा फेब्रुअरी २४ देखि निरन्तर आक्रमण गरिरहेको छ।

यस्तोमा ठूलो संख्यामा युक्रेनका मानिसहरु पनि मुलुक छाडेर भागिरहेका छन्।

Sponsored

यसैबीच इरपिनमा रुसले गरेको आक्रमणमा युक्रेन भागिरहेका तीनजना मानिसको मृत्यु भएको छ।

रुसले युक्रेन छाडेर भाग्ने मानिसले प्रयोग गर्दै आएको भत्किएको पुललाई लक्षित गरी आक्रमण गरेको थियो। यो आक्रमणमा परी एकै परिवारका तीनजना मानिसको मृत्यु भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

समाचारमा उल्लेख गरिएअनुसार मानिसहरु खुला गरिएको सडकबाट गइरहेका थिए र युक्रेनको सेनाले उनीहरुलाई सहयोग गरिरहेका थिए।

Sponsored

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणको कारण राजधानी सहर किभको दक्षिपश्चिमस्थित विमानस्थल ध्वस्त भएको उल्लेख गरेका छन्।

अहिलेसम्म रुसले युक्रेनको राजधानी किभको उत्तर र पूर्वी क्षेत्रका सागै दक्षिण क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *