तेस्रो पटक स्थगित भयो मधेश प्रदेशको प्रदेशसभा बैठक
टुडेपाटी–
जनकपुरधाम, फागुन २१ ।
मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित भएको छ ।
प्रदेशसभा सचिवालयले आइतबार बोलाइएको बैठक चैत ९ गते १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।
यस अघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो ।
फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरुको सम्मेलनमा पोखरा गएका थिए ।
प्रदेशसभाका सचिव रंजित कुमार यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गणडकी प्रदेशका मुख्यमन्त्री लागयतका व्यक्तिहरु मधेश प्रदेशको भ्रमणको क्रममा रहेकाले समेत बैठक स्थगित गरिएको बताए ।
Sponsored