TodayPati

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव सर्वसम्मत

टुडेपाटी–
जनकपुरधाम, फागुन २१ गते ।

नेपाली कांग्रेसको महोत्तरी सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत चुनिएका छन् ।

शुक्रबार भएको निर्वाचनमा ३ उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने अवस्था आचएको थियो । तर प्रतिस्पर्धी सुशील यादवको समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि उनी सर्वसम्मत जिल्ला सभापतिमा चयन भएका हुन् ।

Sponsored

पहिलो चरणको चुनावमा जिल्ला सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, सुशील यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत प्राप्त गरेका थिए ।

पहिलो चरणमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनको अवस्था आएकोमा मतदानमा दोस्रो स्थान प्राप्त गरेका उम्मेदवारले पहिलो उम्मेदवरलाई समर्थन गरेपछि निर्वाचनबिनै सभापति चयन भएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *