TodayPati

सशस्त्र प्रहरीद्वारा बाराबाट १२० किलो गाँजा बरामद

टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।

भारत तर्फ लैजान लागेको १ सय २० किलो प्रतिवन्धित गाँजा सशस्त्र प्रहरीले बाराबाट बरामद गरेको छ ।

शुक्रबार राति १० बजेको समयमा बाराको देवताल गाउँपालिका ७ पिपरपाती पसहा खोला स्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पोका गाँजा बरामद गरेको हो ।

Sponsored

भारत तफै लैजान लागेको आठ वटा प्लास्टिकको पोकामा प्याक गरेको १२० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।

विओपी दक्षिणझिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्र बहादर एस्लामी मगरको कमाण्डमा मोटरसाइकलमा खटेको ६ जनाको गस्तीको टोलीले सो परिमाणको गाँजा बरामद गरेको हो ।

प्रहरीलाई देख्ने बितिकै मानिसहरुले सो गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *