TodayPati

एनप्याबसनको मधेश प्रदेश अध्यक्षमा ब्रजेन्द्र लड्ने, केन्द्रमा हमाल

टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।

निजी तथा आवासीय विद्यालय एशोसियसन (नेशनल प्याबसन)को मधेश प्रदेशको अध्यक्षमा ब्रजेन्द्र मिश्र लडने भएका छन् ।

आगामी फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा ७ औँ महाधिवेशन हुन लागेको छ । केन्द्रीय अध्यक्षमा भने पाण्डव हमाल उम्मेदवारी घोषणा गरेका छन् ।

Sponsored

शुक्रवार जनकपुरधाममा एनप्याबसन आवद्ध विद्यालयका सञ्चालकहरुले पत्रकार सम्मेलनको आयोजना गरी हमालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको जानकारी दिएका हुन् ।

संस्थामा आफ्नो लगन, प्रतिबद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको एनप्याबसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष ब्रजेन्द्र मिश्रले जानकारी दिए ।

सरकारले उच्च शिक्षामा प्रदान गर्ने छात्रवृत्तिको विभेद अन्त्यका लागि पहल गर्ने, नयाँ निजी विद्यालयहरुलाई प्रतिस्पर्धी रुपमा सञ्चालन गर्न पहल गर्ने, निजी विद्यालयको हकहित र संरक्षण तथा यसको संवर्द्धन गर्न, कम्पनी अन्तर्गतको निजी स्वामित्वको संरक्षण गर्नलगायतका उ२ेश्यका साथ हमालले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको मिश्रले बताए ।

Sponsored

उनले भने ‘एनप्याबसनलाई सेवामूलक र व्यवसायिक संस्थाका रुपमा विकास गर्न, निजी विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हकहित, संरक्षण र संवर्द्धन गर्नुका साथै उनीहरुको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन हमालको उम्मेदावारी अध्यक्ष पदमा हो ।’

अध्यक्ष पदका उम्मेदवार हमाल मधेस प्रदेशको सिरहा जिल्लास्थित लहान नगरपालिकाका स्थायी वासिन्दा हुन् ।

हमालसँगै एनप्याबसनको केन्द्रीय अध्यक्ष पदका लागि वर्तमान महासचिव सुभाष न्यौपानेले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पत्रकार सम्मेलनमार्फत मिश्र स्वयं एनप्याबसनको प्रदेश अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनप्याबसनसँग आवद्ध ७ सय सदस्यलाई अध्यक्ष पदमा आफूलाई समर्थन गर्न उनले आग्रहसमेत गरेका छन् ।
देशभर एनप्याबसनसँग १ हजार ९ सय सदस्यहरु आवद्ध रहेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *