१७ सदस्य टोलिसहित तीनदिने मधेश भ्रमणमा आउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल
टुडेपाटी-
जनकपुरधाम, फागुन २१ गते ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीनदिने भ्रमणको लागि आज मधेश प्रधेश आउँदै छन् । मधेश प्रदेश सरकारको निमन्त्रणामा १७ सदस्य प्रतिनिधि टोलिसहित मुख्यमन्त्री पोखरेल आज जनकपुरधाम आउन लागेका हुन् ।
आज बिहान १० बजे जनकपुरधाम बिमानस्थलमा आउने मुख्यमन्त्र पोखरेल सबभन्दा पहिले मधेश भवनमा रहेको मुख्यमन्त्री कार्यालयमा पुग्ने छन् ।
उनलाई त्यहाँ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरुले स्वागत गर्ने कार्यक्रम तय भएको उद्योगा वन पर्यटन तथा वातावरण मन्त्री सत्रुधन महतोले जानकारी दिए ।
उनका अनुसार मधेश भवनमा मुख्यमन्त्री पोखरेलसहितको टोलिलाई खाना खुवाइने छ । तत्पश्चात उनले जनकपुर जयनगर रेलको अव्लोकन गर्ने छन् । त्यहाँबाट धार्मिक स्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम उनको छ । फर्किएपछि साँझ ५ बजे सीतासरण होटेलमा मुख्यमन्त्री पोखरेलको स्वागतमा कार्यक्रम आयोजन गरिएको छ । उनको बस्ने वन्दोवस्त पनि सीताशरण होटेलमै गरिएको प्रदेश सरकारले जनाएको छ ।
आइतबार बिहान जानकी मन्दिरको दर्शन र पूजा अर्चना मुख्यमन्त्री पोखरेलले गर्ने छन् । बिहान १० बजे बर्दिबासमा उनको स्वागतको कार्यक्रम आयोजन गरिएको छ । स्वागत कार्यक्रम सकेर मुख्यमन्त्री पोखरेलसहितको टोलि भ्रमणको लागि सर्लाहीको भरत ताल र नुनथर पुग्ने छन् । त्यहाँबाट बाराको गढीमाई मन्दिर दर्शन गरेर जनकपुर फर्किने छन् ।
Sponsored
सोमबार बिहान महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेवको दर्शन तथा पूजा अर्चना गरेपछि मुख्यमन्त्री पोखरेलेको औपचारिक मधेश प्रदेश भ्रमण सम्पन्न हुने छ । त्यहाँबाट फर्केर बिहान १० जनकपुरधाम विमानस्थल फर्केर विमानबाट पोखरा फर्किने उनको कार्यक्रम रहेको मधेश सरकारले जनाएको छ ।