धनुषामा ट्याक्टरले तीनजना महिलालाई ठक्कर दियो, एकजनाको मृत्यु, दुई गम्भीर
टुडेपाटी-
जनकपुरधाम, फागुन २० गते ।
धनुषामा बालुवा बोकेको ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
ठक्करबाट कमला नगरपालिका ४ का ४५ वर्षीया लिलादेवि अरगरियाको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्करबाट ६५ वर्षीया सकुन्तीदेवि साह र ५५ वर्षीया देवकुमारी मुखिया गम्भीर घाइते भएकी छन् ।
दुवैलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको धनुषा प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
हुलाकी राजमार्गअन्तर्गत कमला नगरपालिका ४ मा शुक्रबार दिउँसो ज.१ त ७१५८ नम्बरको ट्रयाक्टरले पैदल यात्री तीनजना महिलालाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
Sponsored
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।