TodayPati

धनुषामा नालाबाट अचेत अवस्थामा युवकको उद्धार

टुडेपाटी-
जनकपुरधाम, फागुन १६ गते ।

धनुषाबाट एक युवकको प्रहरीले अचेत अवस्थामा उद्धार गरेको छ ।

लक्षमिनिया गाउँपालिका १ स्थित नालामा लडिरहेको अवस्थामा सोमबार बिहान २० वर्षीय दिपेन्द्र मण्डलको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको हो ।

Sponsored

बिहान ७ बजे उनलाई प्रहरीले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरेको हो ।

धनुषाको हंसपुर नगरपालिका ४ तिसियाहि घर भएका मण्डल हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बसपार्क नजिकमा डेरा गरी बस्दै आएका छन् ।

नालामा लडेको र बोल्न समेत नसक्ने घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उपचार पश्चात उनको परिवारजनलाई जिम्मा लगाएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *