धनुषा प्रहरीले रोक्यो ९ वटा बाल विवाह
टुडेपाटी-
जनकपुरधाम, फागुन १६ गते ।
धनुषा प्रहरीले माघ महिनादेखि हालसम्म ९ वटा बाल विवाह रोकेको छ ।
प्राप्त गोप्य सूचनाको आधारमा ९ वटा बालविवाह रोकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
१४ देखिमाथि र २० वर्ष पुरा नभएका बालिकाहरुको विवाह रोकिएको डिएसपी बस्नेतले बताए ।