TodayPati

एमसिसीविरुद्ध उग्र प्रदर्शन भएपछि वीरेन्द्रनगरमा कर्फ्यू

टुडेपाटी-
सुर्खेत, फागुन १६ गते ।

एमसिसी संसदबाट पास भएको विरुद्ध उग्र प्रदर्शन भएपछि सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

प्रदर्शनले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको हो।

Sponsored

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगर नगर क्षेत्रमा भोलि (.मंगलबार) साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रदर्शनकारीहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा ढुंगा मुढा गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले एउटा प्रहरी बिटमा समेत आगजनी गरेका छन् ।

Sponsored

पार्टी कार्यालय र प्रहरी बिटमा लगाइएको आगो प्रहरीले निभाएको छ । समयमै आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति भने नभएको स्थानीयले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *