TodayPati

कार्यकालको अढाई महिना बाँकी रहेको समय बलवा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

टुडेपाटी–
जनकपुरधाम, फागुन १६ गते ।

स्थानीय निर्वाचनको अढाई महिना मात्र बाँकी रहेको समय महोत्तरीको बलवा नगरपालिकाका प्रमुख शिलान्यासमा व्यस्त भएका छन् ।

आफ्नो कार्यकालको अढाई महिना मात्र बाँकी रहेको समय नगरप्रमुख विनोद कुमार यादवले प्रशासनिक भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

Sponsored

नगरपालिकाको वडा नम्बर ५ मा नगरपालिकाको परिषदबाट भएको निर्णय अनुसार सार्वजनिक पोखरीलाई माटोले पुरिएर त्यसमा भवनको शिलान्यास गरिएको हो ।

नगरप्रमुख यादवले नगरपालिकाको स्थापना भएदेखि नै भाडामा बस्दै आएकोमा अव आफ्ना भवन बनेपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न सहजता हुने बताए । नगरपालिकाले बिच भागमा र हुलाकी सडकको छेउमै भएकाले यातायातको हिसावले प्रशासनिक भवन उपयुक्त स्थानमा भएको उनले बताए ।

कुल एक विद्या १५ कठ्ठा क्षेफल जग्गामा ४ करोड २८ लाखको लागतमा दुई तले भवन निर्माण हुन लागेको बलवा नगरपालिकाको ईन्जिनियर हिरालाल मण्डलले बताए ।

Sponsored

वडा नं. ५ का वडाध्यक्ष निदेश कुमार यादवले भवनको शिलान्यास भएदेखि १ वर्ष ६ महिनामा भवनको सम्पुर्ण काम सम्पन्न् हुने गरि ठेक्का दिईएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *