संसद भवन अगाडी फेला परेको शंकास्पद कुकर भित्र इँटा र कागजका टुक्रा फेला
टुडेपाटी–
काठमाडौँ, फागुन १६ गते ।
संसद भवन अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।
सोमबार नेपाल बन्द आह्वानको क्रममा संसद भवनअघिको मूल सडकमा राखिएको शंकास्पद कुकर नेपाली सेनाले निष्क्रिय पारेको हो।
कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो।
कुकरभित्र इँटाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए।
सर्वसाधारण तर्साउन राखिएको प्रेसर कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभएको उनले जानकारी दिए।
Sponsored
आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन भएको थियो ।