सिरहामा सिमेन्ट उद्योगमा कार्यरत्त ईन्जिनियरको मृत्यु
टुडेपाटी–
सिरहा, फागुन १६ गते ।
सिरहामा सिमेन्ट उद्योगमा कार्यरत्त एक ईन्जिनिरयको मृत्यु भएको छ ।
मारुती सिमेन्ट उद्योगमा प्रोजेक्ट साइडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षिय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो ।
ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
मजदुरको मृत्यु पछि सोमबार विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही गर्नेलाई कार्वाहीको माँग गर्दै उद्योग बन्द गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता शुभाष बुढाथोकीले मजदुरको लडेर मृत्यु भएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
Sponsored