संसद भवन अगाडी नो एमसिसी लेखिएको शंकास्पद बस्तु फेला
टुडेपाटी-
काठमाडौंं, फागुन १६ गते ।
एमसिसी अनुमोदन भएको दोस्रो दिन नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ ।
संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।
शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ भने मुख्य सडक बन्द गरिएको छ ।
शंकास्पद वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।
प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ ।
Sponsored
आइतबार मात्र एमसिसी संसदबाट अनुमोदन भएको हो ।