धनुषामा भारतबाट ल्याएको चुरा बरामद
टुडेपाटी–
जनकपुरधाम, फागुन १४ गते ।
धनुषा प्रहरीले भारतबाट ल्याएको चुरा बरामद गरेको छ ।
बिहिवार राति जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीको गस्ति टोलीले जनकपुरधाम उप–महानगरपालिका वडा नं. १२ हनुमाननगरमा ४७ हजार ८ सय बराबरको चुरा बरामद गरको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएको चुरा बेबारिसे अवस्थामा फेला पर्दा बरामद गरि आवश्यक कारवाहीको भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।