TodayPati

पर्सा राष्ट्रिय निकुञ्जमा साइक्लिङ कार्यक्रम हुने

टुडेपाटी-
जनकपुरधाम, फागुन १४ गते ।

पर्सा राष्ट्रिय निकुञ्जमा यस वर्ष पुनः साइक्लिङ कार्यक्रम हुने भएको छ ।

अगामी महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा आउँदो फागुन १७ गते राष्ट्रिय निकुञ्ज भित्र साइक्लिङ र्काक्रम हुने तय भएको वन रेञ्जर लालबाबु साहले जानकारी दिए ।

Sponsored

रेञ्जर साहका अनुसार मधेश प्रदेशको एक मात्र यस निकुुञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न साइक्लिङ प्रतियोगिता आयोजन गरेको हो । राष्ट्रिय निकुञ्ज भित्रको आधार भार, हलखोरियादह, हातीसायर जंगल फायरलेन क्रस कन्ट्री गरी ३९ किलोमिटर साइक्लिङ यात्रा हुने छ ।

गत वर्षपनि साइक्लिङ कार्यक्रम आयोजना भएको थियो । गत वर्षभन्दा यस वर्ष भव्य रुपमा मनाउने लक्ष्य बोकेर यसै निकुञ्जका प्रमुख संरक्षण अधिकृत लगायतका कर्मचारीहरु दिन रात खटिरहेका छन् ।

देशभरका १२ वटा निकुञ्जहरु मध्ये यो पहिलो साइक्लिङ कार्यक्रम रहेको रेञ्जर साहले बताए ।

Sponsored

साइक्लिङ कार्यक्रमको लागि प्रदेश सरकार र वीरगञ्ज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

दुई सयभन्दा बढी संख्यामा साइकल राइडर सहभागि हुने आयोजक निकुञ्जले जनाएको छ ।

यस निकुञ्जमा प्रमुख संरक्षण अधिकृतको रुपमा मनोज साह आएपछि पर्यटन प्रवद्र्धनको लागि साइक्लिङ कार्यक्रम आयोजन गर्न लागेको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *