आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसीबारे छलफल हुने
टुडेपाटी–
काठमाडौं, फागुन १४ गते ।
आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी माथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतवारको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
आतइबार प्रतिनिधिसभाको बैठक १ बजे बस्ने संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
त्यसअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान भएको उनले बताए।
आइतबारको बैठकमा सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नेछन्।
त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी)माथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।
Sponsored
एमसिसीमा सत्ता गठबन्धन तथा प्रमुख विपक्षी गठबन्धनबीच सहमति भने अहिलेसम्म भएको छैन् ।