TodayPati

प्रदेश १ : टुक्राटुक्रा पारेर काटिएको अवस्थामा पुरुषको शव फेला

टुडेपाटी-
सुनसरी, फागुन ६ गते ।

सुनसरीमा टुक्राटुक्रा पारेर काटिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मान्छेको टाउको र खुट्टा झोलामा र बाँकी शरीर अन्यत्रै फेला परेको हो ।

धरान उपमहानगरपालिका–४ स्थित नौकिलोमा जेब्रा झोलाभित्र काटिएको टाउको र खुट्टाको भाग भेटिएको सुनसरी प्रहरीले जनाएको छ । बुधबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन ।

Sponsored

टाउको र खुट्टा भेटिएको स्थानभन्दा एक किलोमिटर टाढा जंगलमा शरीरका अरु भाग र भेटिएको संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए ।

‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गछौँ,’ डीएसपी दाहालले भने, ‘त्यसपछि केही खुल्न सक्छ ।’

सुरुमा जेब्रा झोलामा टाउको र एउटा खुट्टा भेटिएको प्रहरीले जनाएको छ । त्यसको एक किलोमिटर माथिको जंगलमा जिउको भाग र दाहिने खुट्टा भेटिएको उनले बताए ।

Sponsored

घाँस दाउरा काट्न गएका स्थानीयले जेब्रा झोलामा मानिसको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धरान र संघीय इकाई प्रहरी कार्यालय धरानले घटनाको अनुसन्धान सुरु गरेका छन् । हत्या गरिएका पुरुष अधवैंशे उमेरका भएको प्रहरीको अनुमान छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *