आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा परेन एमसीसी
टुडेपाटी-
काठमाडौं, फागुन ६ गते ।
प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची तय गरिएको सम्भावित कार्यसूचीमा एमसीसी परेका छैन । शुक्रबार दिउँसो १ बजे बोलाइएको बेठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नराखी आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने भनेर राखिएको छ ।
बिहीबारको गठबन्धनको बैठकमा भने देउवाले शुक्रबारको बैठकमा आफूले एमसीसी टेबल गर्ने बताएका थिए । अब कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एमसीसीको कार्यसूची राख्ने एउटा बाटो खुला रहेको छ ।
देउवाले एमसीसी टेबल गरेमा गठबन्धन फुट्ने देखिएको छ भने यही बीचमा बिहीबार उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेटवार्ता गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।