अर्थमन्त्री साहद्वारा सप्तरीको तिलाठिमा कम्बल वितरण
शुभ नारायण यादव–
सप्तरी, फागुन ५ गते ।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले ज्येष्ठ नागरिक, एकल महिला र आपाङ्गहरुलाई कम्बल वितरण गरेका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वाड न–१ मा बिहिवार एक कार्यक्रम बिच उनले कम्बल वितरण गरेका हुन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको आयोजना तथा मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा कम्बल वितरण गरिएको हो ।