TodayPati

करेन्ट लागेर सर्लाहीमा युवकको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, माघ २९ गते ।

करेन्ट लागेर सर्लाहीमा शनिबार एक युवकको मृत्यु भएको छ भने एक जना सिकिस्त भएका छन् । बागमती नगरपालिका ८ का २५ वर्षीय रामु महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती–२ का कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा उनलाई करेन्ट लागेको हो ।

Sponsored

करेन्ट लागेर सिकिस्त भएका उनलाई अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

त्यस्तै करेन्ट लागेका रामुलाई बचाउने क्रममा २१ वर्षका दीपककुमार महतोलाई पनि करेन्ट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *