मधेश प्रदेश : कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
टुडेपाटी–
पर्सा, माघ २६ गते ।
कोरोना संक्रमणबाट मधेश प्रदेशमा १२ वर्षीय बालकको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा उपचारको क्रममा रहेका पर्साको धोबिनी गाउँपालिका–४ का १२ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
गत माघ १६ गते रेफर भएर नारायणी अस्पतालमा भर्ना भएका ती बालकमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो।