पाँच वर्ष नपुग्दै स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकोमा लोसपा मधेश प्रदेशको आपति
टुडेपाटी–
जनकपुरधाम, माघ २६ गते ।
नेपाल सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीले आपति जनाएको छ ।
लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संविधानले निर्वाचित जनप्रतिनिधिको पदावधी ५ वर्षको सुनिश्चितता गरेकोमा त्यस अगाडी निर्वाचन गराउन संविधान विपरीत रहेको बताएका हुन् ।
सोनलले बुधवार एक विज्ञप्ती जारी गर्दै त्यसको विरोध जनाएका हुन् ।
अध्यक्ष सोनलले आफुहरु संसदीय प्रणाली, वहुदलीय व्यवस्था, लोकतान्त्रिक मुल्य मान्यता एंव विधिको शासनलाई आत्मसाथ गरेकोमा यस प्रणालीलाई अझ बढी सृदृढ एंव संस्थागत गर्न यसको मेरुदण्डको रुपमा मानीने आवधिक निर्वाचन रहेको जनाएका छन् ।
सोनलद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल सरकार द्वारा स्थानीयतहको निर्वाचन घोषणा हुनु सकारात्मक छ । नेपालको संविधान बमोजिम विगतमा सम्पन्न भएको निर्वाचन पुनः संवैधानिक ब्यवस्था अनुसार नै अगाडी बढने विषयलाई इनकार गर्न सकिदैन । मधेश प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज ०२ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधी संविधानको धारा २१५ –६, २१६–६ र २२०–५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वन्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, संबन्धित पक्ष एंव अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं ।’
Sponsored
फाइल तस्विर