TodayPati

किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्ने सीके राउतको चेतावनी

टुडेपाटी–
पर्सा, माघ २६ गते ।

किसानको माग पुरा नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बताएका छन् ।

बुधबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष राउतले किसानको माग पूरा नगरे तराई मधेश क्षेत्रमा स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने बताएका हुन् ।

Sponsored

अध्यक्ष राउतले भने, ‘पहिला किसानको माग सम्बोधन होस् तब मात्रै स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं । नभए अरु ठाउँमा त म भन्न सक्दिन तराई मधेशमा झापादेखि बाँके, बर्दिया, कैलाली कञ्चनपुरसम्म हामी अवरोध गर्नेछौं ।’

अध्यक्ष राउतले आफुहरु निर्वाचनमा भाग लिन आतुर रहेको भन्दै भने, ‘निर्वाचनमा जानु अगाडि कम्तीमा किसानको मुद्धाहरुलाई सम्बोधन गर्ने पहल हुनुपर्छ । एक दिनमा नहोला, एक महिनामा पनि पूरा नहोला तर कमसेकम पहल थालिएको देखिनुपर्छ ।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *