TodayPati

एसपी रजौरेको सय दिन : धनुषामा तीनसय भन्दा बढी व्यक्ति पक्राउ

टुडेपाटी–
जनकपुरधाम, माघ २४ गते ।

धनुषामा विभिन्न मुद्दामा दिनहुँ औषतमा तीनजनालाई प्रहरीले पक्राउ गर्नेगरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी उपरीक्षक बसन्त रजौरेले आफु आएको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् । जस अनुसार विभिन्न मुद्दामा प्रहरीले तीन सय चार जनालाई पक्राउ गरेको छ ।

Sponsored

शनिवार जिल्ला प्रहरी कार्यालय धनुषाले कार्य प्रगति सार्वजनिक गर्दै सो अवधिमा २ करोड २७ लाख भन्दा बढी राजश्व संकलन गरेको जनाएको छ ।

प्रहरी उपरीक्षक रजौरेले सार्वजनिक गरेको सय दिने प्रगति विवरणमा ३४५ मुद्दा दर्ता गरी ३०४ व्यक्ति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले लागुऔषधको ४१ मुद्दामा ५७ जनालाई पक्राउ गरेको र १ जना फरार भएका छन् । प्रहरीले अबैध भन्सार चोरी पैठारी भएको लत्ताकपडा, पितल, किराना सामग्रीहरु, चा“दी र सवारी साधन गरी २ करोड २७ लाख ७ हजार २ सय ५५ रुपैया राजश्व संकलन गरेको छ ।

Sponsored

गत कार्तिक ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी सम्हालेका रजौरेले जिल्ला प्रहरी, मातहत प्रहरी इकाइबाट भएको अपराध अनुसन्धान, तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापनको प्रगति विवरण सार्वजनिक गरेको हो । ट्राफिक व्यवस्थापन तर्फ कातिकमा १३५०, मंसिरमा १९ सय, पुसमा २२५० र माघ १८ गते सम्म १४६५ गरी ६ हजार ९ सय ६५ सवारीलाई कारवाही गरी ६० लाख ३० हजार ५ सय राजश्व संकलन गरेको छ ।

त्यस्तै अदालतबाट फैसला भइ फरार रहेका ३ महिला र ३५ पुरुष गरी ३८ जनालाई पक्राउ गरीएको छ । महिला सेलबाट घरेलु हिंसाका ३३७ उजुरी मध्ये २१६ मिलापत्र र समाजिक हिंसाका २९४ उजुरी मध्ये १०५ मुद्दा मिलापत्र गराएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको कार्य विवरणमा धनुषामा कातिक ८ गते देखि माघ १८ गतेको बीचमा ६५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट, चोरीको १८ मोटर साइकल बरामद, चोरी भएका ३५ मोवाइल बरामद, प्राकृतिक श्रोतको गैरकानुनी उत्खनन गर्न प्रयोग भएको ११ ट्याक्टर, ८ टिपर र ६ थान जेसीबी नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थको गैरकानुनी उत्खनन गर्दा नियन्त्रणमा लिएको सवारी साधनबाट ३ लाख ७५ हजार राजश्व संकलन गरेको छ ।

धनुषा प्रहरीले ४ वर्षीय बालकको हत्या, ९ वर्षीय बालकको अपहरण गर्ने, लटपाटमा संलग्न आरोपितलाई पक्राउ गर्नुको साथै नक्कली कागजातहरु तयार गरी ठगि गर्नेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *