मन्त्रिपरिषद बैठक आज बस्दै, चुनावको मिति घोषणा हुन सक्ने
टुडेपाटी-
काठमाडौं, माघ २४ गते ।
मन्त्रिपरिषदको बैठक आज बस्न लागेको छ सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेकोमा गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ।
प्रधानमन्त्री देउवा पनि जेठ ४ गते नै स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् ।
केही दिन अघि सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।
Sponsored
प्रधानमन्त्री सचिवालयका अनुसार आज अपरान्ह ३ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ।
आजको बैठकबाट स्थानीय चुनाव मिति घोषणा हुन सक्ने सम्भावना छ।