मधेश प्रदेश : देवरले गरे भाउजूको जलाएर हत्या
टुडेपाटी
सप्तरी, माघ २३ गते ।
सप्तरीका देवरले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी भाउजुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नं. १ धनगढीका प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको जलेर मृत्यु भएको छ ।
शुक्रवार बिहान घरमा रोटी पकाइरहेको २७ वर्षीया राजकुमारीको शरीरमा अवस्थामा २० वर्षीय प्रमेश्वरले पेट्रोल छर्केर आगो लगाएका थिए ।
महिलाको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएका छन् ।
यता महिलाकी पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समय आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको बताए । दिए ।
Sponsored