महोत्तरी कांग्रेसमा अझै विवाद कायमै
टुडेपाटी–
महोत्तरी, माघ २३ गते ।
महोत्तरीमा नेपाली काँग्रेसको विवाद अझै सकेको छैन् । विवादको कारण महोत्तरीमा क्षेत्रीय अधिवेशन अझै हुन सकेको छैन् ।
काँग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन यसै कारण यहाँ क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रीय अधिवेशनमा यहाँका केही नेताहरु सहभागी हुन पाएका थिएनन् ।
यही सहभागी बन्न नपाएको प्रतिशोध महोत्तरीमा छताछुल्ल भएको छ ।
बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न नहुँदा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ ।
केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोक हडतालमा समेत बसेका थिए ।
कांग्रेस महोत्तरीका पूर्व महासचिव बजरंग नेपाली विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै तीन दिनसम्म भोक हडतालमा बसेका थिए । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दूर्भाग्य नदोहोर्याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।
Sponsored
भोक हडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन गरिएपनि विवादित क्षेत्र नम्बर
३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योलमै रहेको छ ।
काँग्रेसका महामन्त्री धनराज गुरुङले भोक हडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।
जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।