TodayPati

मधेश प्रदेश : नक्कली प्रहरी सक्कली प्रहरीको नियन्त्रणमा

टुडेपाटी–
जनकपुरधाम, माघ २३ गते ।

सिरहामा नक्कली प्रहरीलाई सक्कली प्रहरीले नियन्त्रणमा लिएका छन् । एसपीको कमाण्डमा खटेको प्रहरी टोलीले सिरहाबाट नक्कली इन्सपेक्टरलाई लागुऔषध सहित नियन्त्रणमा लिएका छन् ।

झापाको गौरादह नगरपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।

Sponsored

एसपी अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटेको प्रहरी टोलीले शुक्रवार अपरान्ह साढे ३ बजे सिरहा नगरपालिका–७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनि धम्काउने गुरुङलाई लागुऔषध सहित नियन्त्रणमा लिएका छन् ।

प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा उनको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गरेको छ ।

त्यस्तै प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याईगन चक्कु १ थान, साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ ३ हजार र एनसेलको ३ वटा सिम बरामद गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *