TodayPati

मधेश प्रदेश : घुससहित वडासचिव पक्राउ

टुडेपाटी–
बारा, माघ २० गते ।

जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग घुस लिने वडासचिव पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका वडा नं. ११ का वडासचिव विनोदप्रसाद साहलाई ३ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

Sponsored

सेवाग्राहीले दिएको सूचनाको आधारमा हेटौंडाबाट खटेको आयोगको टोलीले घुसको रकमसहित साहलाई पक्राउ गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *