TodayPati

मधेश प्रदेशमा कोरोना ग्राफ घट्दै, खोप लगाउने दर बढ्दै

रासस-
जनकपुरधाम, माघ २० गते ।

कोरोना बिरुद्धको पुर्ण डोज खोप लगाउने दर बढ्ेसँगै मधेश प्रदेशमा बिगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।

माघको दोश्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिदै गएकोमा बिगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Sponsored

पछिल्लो समय मधेश प्रदेशमा संक्रमितको संख्या भन्दा निको भर घर फर्किनेको संख्या बढ्दै गएपछि अब कोरोना संक्रमणको ग्राफ निरन्तर ओरालो लाग्दै जाने विश्वास गर्न थालिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो दुई दिनको अबधीमा प्रदेशभरी ९७ जना नयाँ संक्रमित थपिदाँ १३२ जना निको भएर घर फर्किएका छन् ।

मधेश प्रदेशका हिजो बुधवार बिभिन्न जिल्लामा ४३ जना नयाँ संक्रमित थपिदाँ ४४ जना र अस्ती मंगलवार ५४ जनामा संक्रमण पुष्टी हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक बिजय कुमार झाले जानकारी दिनुभयो ।

Sponsored

उहाँका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५÷१५ जना, महोत्तरी र सप्तरीमा ४÷४ जना, रौतहट र बारामा २÷२ जना नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६ जना, सिरहामा १४ जना, महोत्तरी र पर्सामा ६÷६ जना, सप्तरीमा ५ जना, बारा र रौतहटमा २÷२ जना तथा सर्लाहीमा १ जना नयाँ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु सबै होम आईसोलेसनमा रहेको निर्देशक झाले बताउनुभयो ।

कोरोना महामारी शुरु भएयता मधेश प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुदाँ उपचार पश्चात ३८ हजार २६३ डिस्चार्ज भएको छ भने १ हजार ५५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१ जना, सप्तरीमा १६१ जना, सिरहामा १३५ जना, धनुषामा १३२ जना, पर्सामा १३२ जना, रौतहटमा १२९ जना, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भईसकेको छ ।
शुरुमा कोरोना संक्रमण तिब्रगतिमा फैलिएपनि खोप लगाउने दर बढ्ेसँगै संक्रमण दर घट्दै गएको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लो सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागु गरेपछि करिब तीन साताको अबधीमा मधेश प्रदेशका जिल्लाहरुमा कोरोना बिरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढ्ेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य, बढ्दै गएको कोरोना संक्रमणको ग्राफ, खोप सम्बन्धि निरन्तरको प्रचार प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सक्रियताका कारण पछिल्लो समय मधेश प्रदेशमा कोभिड १९ बिरुद्धको खोप लगाउने दर बढ्ेको प्रदेश स्वास्थ्य निर्देशक झाले बताउनुभयो ।

गत २०७८ पुस अन्तिम साता सम्म दुई डोज खोप लगाउने १८ बर्षमाथि उमेर समुहको संख्या ३८ प्रतिशत मात्र रहेकोमा पछिल्लो तीन साताको अबधीमा त्यो संख्या बढ्ेर करिब ५५ प्रतिशत पुगेको निर्देशक झाको भनाई छ ।

निर्देशक झाका अनुसार पुर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७ प्रतिशत, धनुषामा ६० प्रतिशत, बारामा ५८ प्रतिशत, पर्सामा ५७ प्रतिशत, सप्तरीमा ५२ प्रतिशत, सिरहामा ५१ प्रतिशत, रौतहटमा ४५ प्रतिशत र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।
यस्तै १८ बर्षभन्दा माथि उमेर समुहका एक मात्र डोज खोप लगाउनेको संख्या भने मधेश प्रदेशमा करिब ६६ प्रतिशत छ ।

जसमध्ये सर्लाहीमा ७५ प्रतिशत, बारामा ७० प्रतिशत, पर्सामा ६५ प्रतिशत, सिरहामा ६३ प्रतिशत, महोत्तरीमा ६९ प्रतिशत, धनुषामा ६४ प्रतिशत, सप्तरीमा ६१ प्रतिशत र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताउनुभयो । मधेश प्रदेशमा उमेरका हिसाबले १८ बर्षभन्दा माथि उमेर समुहको भन्दा १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुको खोप लगाउनेको संख्या बढी छ ।

निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ बर्ष उमेर समुहका करिब ६७ प्रतिशतले खोप लगाईसकेका छन् ।

‘‘खोप लगाउने दर कम हुदाँ संक्रमण फैलिने दर बढ्ेको थियो”, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. दिलिप साहले भन्नुभयो,‘‘ तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मक रुपमा लिन सकिन्छ ।” अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि कोभिड १९ बिरुद्धको खोपको प्रभाबकारीता हो, उहाँको भनाई थियो ।
तर स्वास्थ्य मापदण्ड पालना नगरेमा कोरोना संक्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा. झाको सुझाब छ ।

छिमेकी मुलुक भारतमा कोरोना तिब्र गतिमा फैलिरहेका बेला भारतीय सिमावर्ती क्षेत्रमा हेल्थ डेक्स स्थापना गरी एन्टिजेन बिधीबाट कोरोना चेकजाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयहरुको बुझाई छ ।

‘‘ बिगतको भन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेक्स स्थापना गरी चेकचाँच शुरु ग¥यो”, महोत्तरीको जलेश्वरका सुशिल कुमार कर्णले भन्नुभयो,‘‘ सिमा नाकामा स्थापना गरिएको हेल्थ डेक्सबाट दैनिक एन्टिजेन परिक्षण गर्ने गरेका छन् ।” जाँचका क्रममा संक्रमित पाईएका नेपालीलाई होमआईसोलेसनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमण दर घट्ेको हुन सक्ने उहाँको भनाई थियो ।

मधेश प्रदेशको पर्सास्थित बिरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माड्र गरी चार वटा नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन बिधीबाट कोरोना जाँच गर्दै आएको छ ।

पर्साको बिरगञ्ज भन्सारमा रहेको हेल्थ डेस्कमा हिजो बुधवार २८० जनाको चेकजाँच गर्दा ६ जनामा, रौतहटको गौर नाकामा १२ जनाको जाँच गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टी भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *