सिरहाबाट जनमत पार्टीका १३ जना कार्यकर्ता पक्राउ
टुडेपाटी–
जनकपुरधाम, माघ २० गते ।
सिरहामा जनमत पार्टीका १३ जना कार्यकर्ता पक्राउ परेका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्लामा तेलको ट्याङ्करमा तोडफोड गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएका छन् ।
मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल टयाङ्करमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन् । नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ट्याङ्करमा ढुंगामुढा गर्दा गाडीको अगाडीको सिसा फुटेको हो ।
तोडफोड़ गरेर भाग्ने क्रममा जनमतका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप हुँदा एक प्रहरी हवल्दार सामान्य घाइते भएको सिरहा प्रहरीले जनाएका छन् ।
जनमत पार्टीले पूर्व निर्धारित कार्यक्रम अनुसार किसान आन्दोलनको क्रममा आज राजमार्ग बन्द गरेका छन् ।
Sponsored