इन्टरनेट मार्केट टुडे प्रालिलाई गुगल प्रिमियर पार्टनर २०२२ को उपाधि
टुडेपाटी–
जनकपुरधाम, माघ २० गते ।
जनकपुरधामस्थित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे प्रा.लिले गुगल पार्टनर २०२२ को उपाधि हाँसिल गर्न सफल भएको छ – https://www.google.com/partners/agency?id=4562850047
इन्टरनेट मार्केट टुडेले विश्वव्यापी रूपमा ग्राहकहरूलाई गुगल विज्ञापन व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।
विश्वव्यापी रूपमा ग्राहकहरूलाई परिणाममा आधारित डिजिटल मार्केटिङ सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ इन्टरनेट मार्केट टुडे सन् २०१३ मा सुरु भएको थियो ।
छोटो अवधिमा नै इन्टरमार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र त्यसपछि प्रिमियर पार्टनर बन्न सफल भएको सञ्चालक अमित झाले बताए ।
‘गुगल विज्ञापन एजेन्सीहरूको शीर्ष ३ प्रतिशतमा इन्टरनेट मार्केट टुडे छनौट हुनु हाम्रो लागि गौरवको कुरा हो । ग्राहक र हाम्रो टीमका सदस्यहररुलाई धन्यवाद दिन चाहन्छु’, संस्थाका अध्यक्ष अमित झाले भने ।
Sponsored
यो महिना गुगलले नयाँ गुगल पार्टनर कार्यक्रम अन्तर्गत प्रिमियर पार्टनर उपाधि प्रदान गरेर विश्वभरका उत्कृष्ट प्रदर्शन गर्ने डिजिटल मार्केटिङ कम्पनीहरूको उपलब्धिहरूलाई मान्यता दिएको छ ।
नेपालमा तीन प्रतिशतमा इन्टरनेट मार्केट टुडे परेकोमा गुगल विज्ञापन मार्केटिंगका सिनियर डाइरेक्टर दवांग साहले बधाइ दिएका छन् । ‘यी कम्पनीहरू उत्पादन विशेषज्ञता विकास गर्न, नयाँ ग्राहक सम्बन्धहरू निर्माण गर्न, र आफ्ना वर्तमान ग्राहकहरूलाई बढ्न मद्दत गर्ने आफ्नो प्रतिबद्धतामा आधारित छन्। हामी उनीहरूलाई सहयोग गर्न तत्पर छौं किनकि उनीहरूले आफ्ना ग्राहकहरूलाई अनलाइन सफल बनाउन मद्दत गरेका छन् ‘, उनले भनेका छन्