TodayPati

२० जिल्ला कार्यक्षेत्र भएको जाल्पा सामुदायिक लघुवित्तको आइपिओ भोलिदेखि

टुडेपाटी–
काठमाडौं, माघ २० गते ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ।

२० जिल्ला कार्यक्षेत्र भएको संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।

Sponsored

लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ।

बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।

Sponsored

आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ।

लघुवित संस्थाको प्रधान कार्यालय भने पोखरामा रहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *