जब भैँसीले खायो विस्फोटक पदार्थ…
टुडेपाटी
काठमाडौं, माघ २० गते ।
कपिलवस्तुमा वन्यजन्तु मार्न राखिएको विस्फोटक पदार्थ सेवन गर्दा एक भैँसी घाइते भएको छ ।
शिवराज नगरपालिका–३ मा बुधवार भैँसीले विस्फोटक पदार्थ चपाउँदा घाइते भएको प्रहरीले जनाएको छ ।
भैँसीको मुख भित्रै विस्फोटक पदार्थ पड्किएको स्थानीयहरूको बुझाइ छ । भैँसी चराउन गएका बालक भने विस्फोट हुँदा भागेर जोगिएका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले जङ्गली जनावर मार्नका लागि यस्ता विस्फोटक पदार्थ राखिएको हुन सक्ने जनाएको छ ।
बँदेल मार्नको लागि वन्य जन्तुको आहारामा विस्फोटक पदार्थ मिसाएर बम बनाएर राख्ने गरेका छन् ।
Sponsored
स्थानीय समाजसेवी कृष्ण कार्कीले चोरी सिकारीका लागि राखिने यस्ता विस्फोटक पदार्थले मानवीय क्षति पनि हुन सक्ने भएकाले वन कार्यालय र प्रहरी प्रशासनले निगरानी बढाउन पर्ने बताए ।