जनकपुरधाममा ग्याँस पसलबाट लाखौँको चोरी
टुडेपाटी–
जनकपुरधाम, माघ २० गते ।
जनकपुरधाममा ग्याँस पसलमा लाखौँको चोरी भएको छ ।
जनकपुरधामको भानु चोक नजिकै रामसोगारथ पण्डितले सञ्चालन गरेको विजय जेनरल सप्लायर्स पसलमा चोरी भएको हो ।
पसलबाट ग्याँसको सिलिण्डर तथा ग्याँससम्बन्धी उपकरण बिक्री गर्दै आइरहेकोमा मंगलबार राति गोदामको ताल्चा फुटाएर ३ लाख बराबरको सामान चोरी भएको पण्डितले बताए ।
पण्डितले २२ थान ग्याँससहितको सिलिण्डर, १२ थान खाली सिलिण्डर, चुल्हो, लाइटर, बर्नटसहित अन्य उपकरणहरु चोरी भएको जनाएका छन् ।
यस चोकमा जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी क्यामेरा जडान गरेपनि क्यामेराले काम गर्न छाडेको स्थानीयहरु बताउँछन् ।
Sponsored