TodayPati

शितलहरबाट प्रभावित भएका परिवारलाई राहत

शुभ नारायण यादव-
सप्तरी, माघ १९ गते ।

सप्तरीको बिष्णुपुर गाउँपालिकामा शितलहर प्रभावित गरिब तथा विपन्न समुदायलाई राहतका विभिन्न सामग्रीहरु वितरण गरेको छ।

सम्भावित शितलहर आपतकालिन प्रतिकार्य परियोजना अन्तरगत सप्तरीको बिष्णुपुर गाउँपालिकाको समन्वयमा केएर नेपाल, एक्सन एड नेपाल, मर्सि क्रप्स र राष्ट्रिय कृषक समूह महासङ्घ नेपालले यहाँका ९० जना प्रभावित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेका हुन ।

Sponsored

राहत स्वरुप दाल, चामल, चिनि, नुन, तेल, कम्बल, फाइवर, अण्डा, गर्भवती महिलाहरुलाई पोषणयुक्त समानहरु वितरण गरेका छन् ।

एक परिवारलाई झण्डै १५ हजार मूल्य बरावरको सामग्रीहरु वितरण गरेको सस्थाका खुशिलाल यादवले जानकारी दिए ।

Sponsored

शुभनारायण यादव

उहाँ सप्तरीका जिल्ला संवाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *