माघ २४ गतेदेखि महोत्तरीको विद्यालयमा मेडर्ना खोप लगाइने
टुडेपाटी–
महोत्तरी, माघ १९ गते ।
महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई माघ २४ गतेदेखि मेर्डर्ना खोप लगाइने भएको छ ।
विद्यार्थीहरुका लागि महोत्तरीमा ७४ हजार मात्रा खोप आएपनि तयारी पूरा नहुँदा २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता लक्ष्मेश्वर झाले जानकारी दिए ।
माघ २४ देखि २८ गतेसम्म जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा फागुन २ गते देखि ६ गतेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।