स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलन थाल्ने एमालेको निर्णय
टुडेपाटी–
काठमाडौं, माघ १९ गते ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति बिहिवार नतोके नेकपा एमालेले केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबार पनि मिति नतोके सातै प्रदेश र केन्द्रबाट समेत दवावका कार्यक्रम सुरु गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं. १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको छ ।
केही दिनअघि पार्टी छोडेका तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई सचिवालय बैठकले निष्कासन गरेको छ । साथै रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी प्रदान छ ।
Sponsored