पत्रपत्रिकाको वर्गीकरण नतिजा सार्वजनिक, धनुषाको ३ वटा पत्रिका क वर्गमा पर्दा ५ वटा हुबहुमा
टुडेपाटी–
जनकपुरधाम, माघ १६ गते ।
प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।
देशभरबाट पत्रपत्रिका वर्गीकरणका लागि आव २०७५७६ मा ८ सय ८३ वटा पत्रपत्रिकाले आवेदन दिएकोमा क वर्गमा २ सय १९, ख वर्गमा ४ सय ७६, ग वर्गमा १ सय ३७, घ वर्गमा १५ वटा र ३६ वटा हुवहुमा परेको छ ।
त्यस्तै आव २०७६/०७७ का लागि ८७८ वटा आवेदन दिएकोमा क वर्गमा २३९ वटा, ख वर्गमा ४३१ वटा, ग वर्गमा १६३ वटा, घ वर्गमा ० वटा र हुबहुमा ४५ वटा परेको छ ।
धनुषाबाट प्रकाशित हुने पत्रपत्रिकाहरुमध्ये ३ वटा पत्रिका क वर्गमा, १९ वटा ख वर्गमा, १७ वटा ग वर्गमा र ५ वटा हुवहुमा परेको छ ।
क वर्गमा जनकपुर टुडे, नव नेपाल टाइम्स मासिक र आँजुर द्वैमासिक परेको छ ।
हुवहुमा भने सामाचार दैनिक, धनुषा साप्ताहिक, नेपाल मेल साप्ताहिक, जनआकांक्षा साप्ताहिक र जनकपुर सम्वाद साप्ताहिक परेको छ ।
Sponsored