पूर्व प्रधानमन्त्री केपी ओलीलाई कारवाहीको माग गर्दै प्रशासनमा उजुरी
टुडेपाटी–
काठमाडौं, माघ १६ गते ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै कारवाहीको मागसहित जिल्ला प्रशासनमा निवेदन परेको हो ।
आइतवार संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले निवेदन दिएका हुन् ।
उजुरीकर्ताले ओली कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
Sponsored
कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित ओलीले कार्य गरेकाले उनलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउँ भनि निवेदन दिइएको हो ।