TodayPati

सीटीइभीटी विरुद्ध जनकपुरधाममा विद्यार्थीहरुको प्रदर्शन

दिपक मिश्र–
जनकपुरधाम, माघ १६ गते ।

जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) विरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षा स्थगित गरेको भन्दै आज दोस्रो दिन विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले सीटीइभीटीले परीक्षा स्थगित गरेको भन्दै नगरक्षेत्रभित्र प्रदर्शन गरेका छन् ।

Sponsored

उनीहरुले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।

३ वर्षको कोर्षलाई ५ वर्षसम्म पु¥याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको उनीहरूको आरोप छ ।

प्रदर्शनको क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरी चक्काजाम गर्न खोज्दा स्थानीय मुरलीचोकमा प्रहरीले उनीहरुमाथि सामान्य बल प्रयोग समेत गरेका थिए ।

Sponsored

कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको र परीक्षार्थीहरूको संख्या पनि बढी भएकोले सीटीइभीटीले परीक्षा स्थगित गरेको थियो ।

परिषद्ले माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र माघ २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

परिषद्ले माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *