अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या, एकजना पक्राउ
टुडेपाटी-
वीरगञ्ज, माघ १६ गते ।
अवैध सम्बन्ध लुकाउन १० वर्षीया बालिकाको हत्या गरेको आरोपमा पर्साबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मी रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएकी १० बर्षीय रिजवान महतोको हत्या गरेको आरोपमा कुर्मीलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
बालिकाको शव गत पुस २४ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पीडितको परिवारजन बाट प्राप्त किटानी जाहेरीको आधारमा कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेको खुलेको हो ।
Sponsored
पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले बताए ।