TodayPati

महोत्तरीमा १९८ मुद्दामा अनुसन्धान गर्न १४९ जना पक्राउ

टुडेपाटी–
महोत्तरी, माघ १५ गते ।

महोत्तरीमा १९८ वटा मुद्दामा प्रहरीले १ सय ४९ जनालाई पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा तीन महिनाको अवधिमा १ सय ९८ वटा मुद्दा दर्ता भएको छ । विभिन्न शीर्षकमा कात्तिकमा ५४, मंसिरमा ६७ र पुसमा ७७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले अनुसन्धानको क्रममा १ सय ४९ जनालाई पक्राउ गरिएको र त्यसमध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने ७३ जनालाई धरौटीमा छाडिएको जानकारी दिए ।

तीन जना नाबालक भएको कारण अभिभावकको जिम्मा लगाएको, एक जनालाई बाल सुधार गृहमा लगिएको, ४७ जनालाई अनुसन्धानको क्रममा राखिएको र एक जना फैसला भएपछि फरार रहेको कार्यालयका प्रवक्ता विष्टले जानकारी दिए ।

१९८ वटा मुद्दामध्ये अहिलेसम्म एक जनालाई फैसलापछि एक वर्ष एक महिना जेल सजाय र एक लाख १६ हजार जरिवाना गर्ने आदेशअनुसार कारवाही भैरहेको प्रवक्ता विष्टको भनाइ छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दामध्ये धेरैजसो लागुऔषध ओसारपसार तथा कारोबार कसुर र सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरका मुद्दा छन् ।

तीन महिनाको अवधिमा लागुऔषध ओसारपसार तथा कारोबारका ३० वटा र २८ वटा सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्दा दायर भएको प्रहरीको तथ्यांक छ ।

जिल्लामा दर्ता भएका एक सय ९८ वटा मुद्दामध्ये अहिलेसम्म ९४ वटा मात्र फर्छ्यौट भएको छ भने एकसय चार वटा मुद्दा अझै बाँकी छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *