मृत्यु भइसकेका व्यक्तिलाई जन्मकैदको फैसला
टुडेपाटी–
काठमाडौं, माघ १५ गते ।
मृत्यु भइसकेका एक व्यक्तिलाई जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला गरेको छ। जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जन्मकैदको फैसला सुनाएको हो।
डुंगेश्वर गाउँपालिका वडा नं. २ की २५ वर्षीया डिलकुमारी बिक (तत्कालिन समयमा) लाई हत्या गरेको अभियोगमा वडा नं. १ बेलपाटाका शेरबहादुर बिष्टलाई अदलतले २० वर्ष जन्मकैद फैसला गरेको हो।
अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले अदालतले विष्टलाई जीवित छँदा गरेको अपराधको भागिदार ठहर गरेको बताए ।
‘जीवित छँदा गरेको अपराधमा सजाय गर्नु परे पनि अपराधीको मृत्युसँगै अपराध पनि मर्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्तअनुसार सजाय असुल गर्न नपर्ने ठहर्ने फैसलामा व्याख्या गरिएको छ’, उनले भने, ‘२१ वर्षअघि २६ फागुन ०५७ मा बलात्कारपछि हत्या गरेको भन्ने आरोपमा ३ पुस ०७७ मा जिल्ला अदालतमा दर्ता भएको अभियोगमा मुद्दाको अनसन्धान चलिरहेकै बेला विष्टको ७५ वर्षको उमेरमा २८ जेठ ०७८ मा मृत्यु भएको थियो।’
Sponsored