स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सिरहामा युवा संघको प्रदर्शन
टुडेपाटी-
सिरहा, माघ १५ गते ।
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरेको भन्दै युवा संघले सिरहामा प्रदर्शन गरेको छ ।
शनिबार युवा संघ सिरहाले गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकारविरूद्ध प्रदर्शन गरेको हो ।
‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लगाउँदै युवा संघले प्रदर्शन गरेका छन् ।
संघका जिल्ला संयोजक जयप्रकाश शर्माको नेतृत्वमा प्रदर्शनमा गरिएको हो ।
Sponsored