TodayPati

जनकपुरधाममा पक्राउ परेका जनमतका कार्यकर्ताहरुमाथि मुद्दा चलाइने

टुडेपाटी–
जनकपुरधाम, माघ १२ गते ।

जनकपुरधामबाट जनमत पार्टीका ७ जना कार्यकर्ता पक्राउ परेका छन् ।

मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचत बिथोल्न खोज्ने उनीहरुलाई पक्राउ गरिएको हो । जनकपुरधामको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

Sponsored

जनमतका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा बाँसको भाँटा सहित मतदन स्थल प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको हो ।

झडपको क्रममा ४ जना प्रहरी घाइते भएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । आन्दोलनकारी तर्फ कतिजना घाइते भएको अहिले जानकारी नभएको समेत उनले बताए । त्यस्तै पक्राउ परेका सातैजना विरुद्ध मुद्दा चलाइने उनले बताए ।

उनले भने, ‘पक्राउ परेका सबैजना विरुद्ध कानून अनुसार मुद्दा चलाइन्छ ।’

Sponsored

जनमतका कार्यकर्ताहरुले यस क्रममा मतदान गर्न प्रदेशको विभिन्न जिल्लाबाट आएका प्रदेशसभा सदस्य, नगरप्रमुख, उपप्रमुख सवार गाडीमा तोडफोड भएको छ । धनुषा प्रहरीका अनुसार ७ वटा गाडीमा तोडफोड भएको छ ।

जनप्रतिनिधिहरुको मात्र नभई चिकित्सकको गाडीमा समेत तोडफोड गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *