मधेश प्रदेशबाट राष्ट्रिय सभामा माओवादी केन्द्रकी उम्मेदवार अर्याल विजयी
टुडेपाटी-
जनकपुरधाम, माघ १२ गते ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।
नेकपा माओवादी केन्द्रकि उम्मेदवार अर्याल महिला समूहबाट विजयी भएकी हुन् । उनी पर्साकी छन् ।
उनी ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन् । यादव लोसपाबाट उम्मेदवार हुन् ।
त्यस्तै, ४३२ मतभार बदर भएको छ ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।
Sponsored