TodayPati

कोरोना विरुद्धको लडाइमा सप्तरीका दुई नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

शुभनारायण यादव-
सप्तरी, चैत २४ गते ।

सबल नेपालले कोरोना विरुद्धको लडाईमा दुई पालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । सप्तरीको खडक नगरपालिका र सुरुङ्गा नगरपालीकालाई सामाग्री प्रदान गरेका हुन् ।

कोरोना विरुद्धको विश्वव्यापि लडाईमा एकयबद्धता जनाउदै सप्तरीका स्थानीय गैर सरकारी संस्था सबल नेपालले सोमबार दुबै नगरपालिकालाई क्वारेनटाइन व्यबस्थापनको लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु दिएका छन् ।

Sponsored

सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालद्वारा उक्त नगरपालीकाहरुलाई पाँच थान ह्यानडल सहितको मोप, दुई जोर गमबुट, ५०० मिलीलीटरको ह्याणड स्यानिटाईजर सात वटा प्रदान गरेका छन् ।

यसैगरी १५ लीटरको पलास्टिक बाल्टिन २ थान, युटिलीटि गलोभस २० जोर , सर्जिकल गलोभस दुईसय एवं लाईफव्याय साबुन तथा सर्जिकल मास्क १/१ सय थान र जनतेतनामुलक पोस्टर समेत प्रदान गरेका सबल नेपालका फिल्ड अधिकृत राधेश्याम रामको संयोजकत्वमा हस्तानतरण गरेको सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले जानकारी दिए ।

सुरुङ्गा नगरपालीकाका मेयर मुक्तिनाथ चौधरीले उक्त अवसरमा सबैको सहयोग र सहकार्यमै कोरोना विरुद्धको विश्वव्यापी लडाईमा जित हासिल गर्न सकिने बताए ।

Sponsored

यसैगरी खडक नगरपालीकाका मेयर हेमायु हकले यस्तोविपदको अवस्थामा उल्लेखनीय सहयोग गरे वापत सबल नेपाल क सेभ द चिल्ड्रेन प्रति आभार व्यक्त गरे ।
यसभन्दा पहिला पनि क्वारेनटाइन निर्माणको लागी सबल नेपालले दुवै नगरपालीकामा सहयोग गरेको थियो ।
सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालद्वार सन २०१४ देखि दुबै गउँपालीकामा सम्मुनति कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *